समाचार

सुर्खेतबाट लागु औषधसहित दुई जना पक्राउ

police arrest

१८ माघ, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ स्थित एकता टोलबाट बाँके जिल्लाको खजुरा गाउँपालिका–८ घर भएका २८ वर्षीय सदाम खाँ र सब्बीर खाँन रहेका छन् ।

उनीहरुले आफ्नो कोठाबाटै लागु औषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।

डिएसपी घर्तीका अनुसार ३६० ग्राम लागु औषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस