
१८ माघ, काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा आइतबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २५९ जना पुगेको छ ।
यो अवधिमा २८८ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस