समाचार

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या २ हजार २९ पुग्यो

corona dead

१८ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २९ जना रहेको छ ।

यो अवधिमा नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३०८ जनामा गरिएको परीक्षणमा आइतबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २५९ जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस