अर्थनीति

आइतबार ५४.७५ अंकले घट्यो नेप्से

stock market

१८ माघ, काठमाडौं । आइतबारको शेयर बजारका भारी अंकले करेक्सन आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४.७५ अंकले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अंकमा झरेको छ । यो दिन बजारमा ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

आइतबार बनारका सबै सूचक तथा उपसूचकहरु घटेका छन् । सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक ४.४ प्रतिशतले घटेको छ । यसबाहेक बैंकिङ, विकास बैंक, उत्पादनमूलक, लघुवित्त र जीवनबीमा क्षेत्रमा २ प्रतिशत भन्दा मथिको गिरावट देखिएको छ ।

आइतबार १ सय ७५ कम्पनीको कारोबार भएकोमा १ सय ६१ वटा कम्पनीको मूल्य घटेको छ । १० वटा कम्पनीको मूल्य बढ्दा ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारका बाबजुद यो दिन प्रायम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । रिलायन्स फाइनान्सको मूल्य भने सबैभन्दा धेरै ८.३० प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस