बैँक / वित्त

मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा शुरु

muktinath bank Tie Up

१८ माघ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

यो सम्झौता पछि वीच्याट–पे मोवाइल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट–पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी, मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस