
१८ माघ, काठमाडौं । भक्तपुरको कमलविनायकमा डेरा गरी अध्ययन गरी बस्दै आएकी १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय विकास तज रहेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएर बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ ।
पक्राउपछि प्रहरीले आज जिल्ला अदालत भक्तपुरमा उपस्थित गराएर बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले तजले शुक्रबार नै पक्राउ परेको बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा विकासले कोठामा एक्लै भएको समयमा एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको खुल्न आएको डीएसपी गिरीले बताए ।