
१९ माघ, सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुकुम पश्चिमका जिल्ला अध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षका प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९ प्युउगाका १६ वर्षका नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षका सागर बुढा, सोही ठाउँका १७ वर्षका अभिषेक बुढामगर र सोही ठाउँका २७ वर्षका किरण रसाइली छन् ।
बोहरा विप्लवको विद्यार्थी संगठन विद्यार्थी संगठनका जिल्ला अध्यक्ष समेत हुन् । उनीहरुले मुसिकोट नगरपालिका –१ को रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आईतबार रुकुमपश्चिम प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएको माघ १० गते त्रिवेणी गाउँपालिका–६ बिसौनीमा प्रेशर कुकर बम राखेको आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी धुर्वकुमार श्रेष्ठले जानकरी दिए ।