
१९ माघ, काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव कायमै रहेको छ ।
सोमबार बिहानैदेखि प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसारआज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
आज राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।