
१९ माघ, काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाएको बैठक दुई घण्टापछि १ बजे मात्र बस्ने भएको छ ।
बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टीको आधिकारिकता विवाद निर्वाचनका विषयमा बैठकमा केन्द्रित हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस