
१९ माघ, काठमाडौं । दुई चोइटामा विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध मुद्दा दर्ता गराएका हुन् । निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकिएको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको दाबी छ ।
यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस