विश्व/प्रवास

काेलकत्तादेखि नेपाली सीमा नाकासम्म राष्ट्रिय राजमार्ग बनाउने भारतकाे घाेषणा

nirmala sitharaman

१९ माघ, काठमाडौं । समुन्द्री बन्दरगाह काेलकत्तादेखि नेपालकाे सीमानाकाकाे नजिक रहेकाे सिलिगुडीसम्म भारतले राष्ट्रिय राजमार्ग बनाउने भएकाे छ । भारतकाे संघीय बजेटमा नयाँ आर्थिक वर्षका लागि साे याेजना ल्याइएकाे हाे ।

पश्चिम बंगाल लगायत कयाैं राज्यका लागि माेदी सरकारले यस्ताे कार्यक्रम ल्याएकाे छ । सरकारले ल्याएकाे कार्यक्रम अनुसार तमिलनाडु राज्यमा नेशनल हाइवे र इकाेनाेमिक करिडाेरका लागि १ लाख ३ हजार कराेड, केरलामा नेशनल हाइवेका लागि ६५ हजार कराेड रुपैयाँ छुट्याइएकाे छ ।

मुम्बई- कन्या कुमारी इकाेनाेमिक करिडाेरका लागि पनि याे वर्ष नयाँ परियाेजना सार्वजनिक गरिएकाे छ । उल्लेखित राज्यमा विधानसभाकाे चुनाव नजिकिएकाे छ । चुनावी राज्यका मतदाता प्रभावित पार्न माेदी सरकारले यस्ताे कदम चालेकाे हाे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस