समाचार

प्रदेशसभा बैठक स्थगित भएपछि प्रचण्ड–माधव पक्षका सांसदहरुको विरोध

pradesh sabha bagmati

१९ माघ, काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । वागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् ।

नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेशसभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् ।

त्यसलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गरेको आरोप लगाइन् । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाइन् । उनले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गरिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *