समाचार

प्रधानमन्त्रीद्वारा नेपालकै ठूलो ढल्केबर सबस्टेसन उद्घाटन

substation open

१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको नेपालकै ठूलो क्षमताको ढल्केबर सबस्टेसन सोमबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्माण सम्पन्न नेपालको पहिलो ४०० केभी सवस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०/१३२ केभी ढल्केबर सवस्टेसनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साहलगायतको उपस्थिति थियो । मुलुक भित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि  ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ । नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भएको  ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो ।

४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । यसैगरी, २२०/१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस