
१९ माघ, काठमाडौं । सिरहामा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएका छन् ।
प्रधानमन्त्री आज तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा गएका थिए । उनलाई सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।
स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । प्रहरीले कालोझण्डा देखाउने ५/६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस