
१९ माघ, काठमाडौं । नेपालमा गत २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार १४५ जनामा गरिएको परीक्षणमा सोमबार थप १५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ६१ जना महिला र ९८ जना पुरुष रहेका छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ जना पुगेको छ । त्यस्तै, यो अवधिमा २६४ जना कोरोनामुक्त भएका छन् । योसहितनेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस