समाचार

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

0 corona virus

१९ माघ, काठमाडौं । नेपालमा सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको अवस्थामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार गत २४ घण्टामा देशभर थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार १४५ जनामा गरिएको परीक्षणमा सोमबार थप १५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ जना पुगेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस