१९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।
सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।
नेकपा दाहाल–नेपाल समूहका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय समितिको बैठकबाट ओलीलाई साधारण सभाबाट हटाउने निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस