बैँक / वित्त

एनआईसी एशिया लघुवित्तको नाफा १५.९७ करोड

nic asia laghubitta

१९ माघ, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैयमासको १५.९७ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

एन आई सी एशिया लघुवित्तले २०७७/७८ को दोश्रो त्रैमासमा कर्जा लगानी रू. ८ अर्ब ५५ करोड पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ रू. १ अर्ब ४ करोड पु¥याउन सफल भएको छ । संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ % र प्रतिशेयर आम्दानी रु २१.५९ रहेको छ । त्यसैगरि संस्थाले दोश्रो त्रमासमा खुद नाफा १५.९७ करोड आर्जन गरेको छ ।

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौता पत्रमा हस्ताक्षर गरिसकेको छ । गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस