
१९ माघ, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको २६औं नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) परीक्षा आगामी चैत ७ गते गर्ने भएको छ । काउन्सिलले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुने परीक्षार्थीले आगामी माघ २१ देखि फागुन २० गतेसम्म अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
काउन्सिलले फागुन २१ देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने समेत सूचनामा उल्लेख गरेकाे छ ।
पाल नर्सिङ काउन्सिलद्वारा जारी गरिएको नाम दर्ता प्रमाण पत्र लाइसेन्स परीक्षा पिसीएल नर्सिङ, बीएस्सी नर्सिङ रमिड वाइफको सहभागी हुनका लागि व्याचलर अफ मिड वाइफ उत्तीर्ण गरेकाहरूले फारम भर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस