समाचार

बैतडीमा कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

covishield vaccine

१९ माघ, बैतडी । बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए ।

कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । सोमा ३९ कैदीबन्दी र ३२ थुनुवा छन् । सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन शुरु गरिएको हो ।

कैदीबन्दी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस