समाचार

आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राखेका छौं : योगेश भट्टराई

yogesh bhattrai

१९ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ । केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले सोमबार प्रेसनोट जारी गर्दै कार्कीमाथि भएको घटनाको  निन्दा गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको भट्टराईको दाबी छ ।

उनका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ। ‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं,’ प्रेसनोटमा उल्लेख छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस