समाचार

म्यानमारको सैनिक ‘कू’ बोल्यो नेपाल सरकार, सूकीलाई रिहा गर्न माग

MOFA

१९ माघ, काठमाडौं । नेपाल सरकारले म्यानमारको सेनाले ‘कू’का सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सोबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति गर्दै नेपालले म्यानमारको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ ।

‘हामीलाई आशा छ सम्बन्धित सबै पक्षले म्यानमारको जनताको मतको सम्मान गर्नेछन् र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै पुनर्बहाली हुनेछ’, परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा हिरासतमा रहेका सुचीसहित राष्ट्रपति विन मिल्टलगायतका नेताको रिहाइको माग पनि गरिएको छ । म्यानमारमा सैन्य कु भएको छ भने एक वर्षका लागि संकटकाल लगाइएको छ ।

press release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस