समाचार

राष्ट्रपति परिवर्तनले एमसीसीसम्बन्धी सम्झौतामा कुनै फरक पार्दैन : अमेरिकी राजदूत

randy berry

२० माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदान लगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यी विषयले निरन्तरता पाउने बताएका छन् ।

उनले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकाको लागि राजनीतिक एकाइ नभई विकास र लगानीसम्बन्धी एकाइ भएकोले राजनीतिक संक्रमणले यसलाई कुनै असर नपार्ने बताए । ‘अमेरिकामा राष्ट्रपति परिवर्तनले एमसीसीसम्बन्धी सम्झौतामा कुनै फरक पार्दैन,’ उनले भने ।

उनले नेपालमा अमेरिकाको उपस्थिति खास गरी विकास अजेन्डामा रहेको बताए । राजदूत बेरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई आन्तरिक विषय भन्दै त्यसमा प्रतिक्रिया जनाउन अस्वीकार गरे । ‘यहाँका राजनीतिक दलहरु सार्वभौम संस्था हुन् र नेपाल सार्वभौम मुलुक हो । नेकपाभित्रको घटना हाम्रो सरोकारको विषय होइन । किनभने यो पार्टीको आन्तरिक विषय हो,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस