समाचार

आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव समूहले आयोगलाई बुझायो पत्र

prachanda nepal aayog

२० माघ, काठमाडौं । आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दावी गर्दै प्रचण्ड–माधव समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् । अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएर फर्केका हुन् ।

सोमबार बसेको प्रचण्ड–माधव समूहको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो । सोही अनुरुप राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *