समाचार

संवैधानिक परिषदको बैठक स्थगित

Sambaidhanik parisad

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बालुवाटार स्रोतले जनाकारी दिएको छ ।

यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस फिर्ता पठाएका थिए । प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र अघिल्लो नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको भन्दै आलोचना भएको थियो ।

सरकारले अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस