
२० माघ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकोे छ ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ सोमबार कायम भएको मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य भने ओरालोे लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मूल्य वृद्धि भई प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस