समाचार

ओली पक्षको अनेरास्ववियूले भोलि दश हजार मोटरसाइकल निकाल्ने

ain mahar

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको अनेरास्ववियूले भोलि १० हजार मोटरसाइकल निकालेर प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले भोलि दिउँसो एक बजे मोटरसाइकल रयाली निकाल्ने जानकारी दिएका हुन् ।

आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर महरले २३ माघमा आयोजना हुने सभालाई दृष्टिगत गरी मोटरसाइकल रयाली निकाल्न लागिएको बताए । रयाली विहान १ बजे ललितपुरको कुमारीपाटीबाट निकालिने महरले बताए ।

ओली पक्षीय नेकपाले २३ माघमा दरबारमार्गमा शक्ति प्रदर्शनसहितको सभा आयोजना गर्ने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस