
२० माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।
त्यस्तै, मंगलबार २ हजार ९४६ जनामा गरिएको परीक्षणमा थप १७१ जनामा संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । योसहित नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस