समाचार

विभिन्न क्षेत्रमा रोजगारीको अवसर खुम्चिएको समयमा ‘पठाओ’मा रोजगारी अवसर बढ्दो

pathao

२० माघ, काठमाडौं । कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको सन्दर्भमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म ‘पठाओ’मा भने दैनिक अनलाइन तालिम लिएर पठाओमा दर्ताभै काम गर्नेको सङ्ख्या बढेको बताइएको छ ।

यसै परिप्रेक्षमा रोजगारीको ढोका खुल्ला राख्न पठाओले दैनिक ‘पठाओ राइडरकालागि आधारभुत तालिम’ अनलाइन मार्फतनै सन्चालन गर्दै आएको पठाओ नेपाल प्रालिद्वारा जारी बिज्ञप्तिमा बताइएको छ । कोरोना कहर अगाडि कार्यालयमै सन्चालन हुँदै आएको तालिम हाल स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन अनलाइन मार्फत सन्चालन गरिएको हो ।

कोरोनाको समय भन्दा अगाडि दैनिक सय राइडरले आधारभुत राइडर तालिम लिएर पठाओ सेवा सुरु गर्ने गरेकोमा अहिले दैनिक २ सय राइडर पठाओमा जोडिँदै आएको पठाओ नेपाल प्रालिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पठाओमा कसरी जोडिने ?

सुरुमा मध्य बानेश्वरमा रहेको पठाओको कार्यालयमा गएर नाम र फोन नम्बर दर्ता गराउनु पर्छ। त्यसपछि मोबाइलमा एसएमएसमा मार्फत अनलाइन तालीमको लिङ्ग प्राप्त हुन्छ । सो लिङ्क खोलेर तोकिएको समयमा तालीम लिन सकिन्छ ।

सिकेवल नेपाल प्रालिले सहजीकरण गर्ने अनलाइन तालिम करिब १ घण्टा अवधीको हुन्छ । तालिममा पठाओ एप चलाउन, दर्ता प्रक्रिया र डकुमेन्ट अपलोड गर्न सिकाइन्छ । ग्राहकसँग गर्नुपर्ने व्यबहार र इन्स्योरेन्स पोलिसीका बारेमा पनि तालिममा बताइन्छ । साथै तालिममा राइडका क्रममा आइपर्ने समस्या समाधानका उपाय र कम्पनीको नियमका बिषयमा सुझाइन्छ ।

दिनमा २ पटक सन्चालन हुँदै आएको तालीम बिहान ८ बजे र दिउँसो साँढे २ बजे लिन सकिन्छ । हप्तामा सातै दिन हुने तालिम शनिवार बिहान मात्र र आइतबार दिउँसो मात्र सन्चालन हुँदै आएको छ । तालिम पश्चात् राइडरले पठाओ एपमा आवस्यक कागजात (नागरिकता, ब्लु बुक, सवारी चालक अनुमति पत्र) अपलोड गर्नु पर्ने हुन्छ । पारिवारिक सदस्यको नाममा भएका र फाइनान्स गरिएका बाइक पनि प्रयोग गर्न सकिन्छ । कागजात अपलोड गरेको ३ दिन भित्रमा पठाओले भेरिफाइड गरेपछी राइडरले काम सुरु गर्न सक्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस