अर्थनीति

नेप्से परिसूचक ६५.४९ अंकले बढ्यो, ८ अर्ब ५९ करोडको कारोबार

Nepal Stok exchange

२० माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार करेक्सनपछि बढेको सेयर बजार तेस्रो दिन मंगलबार पनि बढ्ने क्रम जारी छ । मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले वृद्धि भएर २ हजार ४ सय ७३ दशमलव ७३ अंकमा झरेको छ । यो दिन बजारमा ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

सो दिन बजारमा होटल बाहेक अन्य सबै समूहका उपसूचकहरु बढेका छन् । होटल समूहमा भने २.८५ प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य समूहको उपसूचक पनि ४.७५ प्रतिशतले बढेको छ । मंगलबार १ सय ७३ कम्पनीको कारोबार भएकोमा १ सय ३८ वटा कम्पनीको मूल्य बढेका छन् । २४ वटा कम्पनीको मूल्य घट्दा ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा आज युनाइटेड इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । अरु १५ वटा कम्पनीको मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेका छन् । सबैभन्दा बढी गिरावट ओरेन्टल होटलको ४.१५ प्रतितशले भएको छ । आजको अन्तिम कारोबारका आधारमा सेयर बजारको कुल बजार पुँजीकरण बढेर करिब ८९ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस