समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

jasapa pradarsan

२० माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रमको घोषणा गरेको छ ।

प्रतिनिधसभा विघटनको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएको जसपाले थप कार्यक्रम सार्वजनिक गरेको हो । थप आन्दोलनका कार्यक्रमहरुमा माघ २३ गते जिल्लास्तरमा जनप्रदर्शन गर्ने, २५ गते पुत्ला दहन गर्ने, २८ गते मसाल जुलुस गर्ने लगायत रहेका छन् ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक सूचना जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका (महानगर, उपहामानगर, नगर, गाउँपालिका र वडास्तरमा स्थानीय स्थितिअनुरुप विरोधका कार्यक्रमहरु निर्धारण गरी आन्दोलन निरन्तर जारी राख्ने जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस