
२१ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बुधबार देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू -भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस