समाचार

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

Traffic Police Checking

२१ माघ, काठमाडौं । ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना भुक्तानी गर्न  सकिने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्राईका अनुसार टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान भुक्तानी गर्न सकिने भएको हो । उनले भने, ‘‘अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नु पर्दैन ।”

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना भुक्तानी गर्न बैंकमै धाउनुपर्ने अवस्था थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस