समाचार

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

Ganesh Raj goshi

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख गणेशराज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो ।

जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस