
२१ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।
त्यस्तै, यो अवधिमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५९७ नमुना परीक्षण हुँदा बुधबार देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस