
२१ माघ, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन्स अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरीलाई ५ सय थान फ्लोरोरेन्ट ज्याकेट उपलब्ध गराएको छ । बुधबार राधानीमा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीसँग भेटी गरि उक्त परिमाणको ज्याकेट हस्तान्तरण गरेका हुन् ।
नाडाका प्रतिनिधि मण्डल र ट्राफिक प्रहरी उपरीक्षक अधिकारीको भेटघाटको क्रममा राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरणहरु बारे समेत विस्तृत छलफल भएको नाडाले जनाएको छ ।
उक्त भेटका क्रममा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दै राजधानीको ट्राफिक व्यवस्थापनका सम्बन्धमा आफुहरु नाडासँग मिलेर काम गर्न चाहेको बताए ।
सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडा बीच विगतको समयदेखि नै हुदै आएको सहकार्य बारे चर्चा गरे । सोही क्रममा उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नुपर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंघानियाको उपस्थिति रहेको थियो ।