समाचार

रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

bike accident

२१ माघ, रुपन्देही ।  रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ४ झुलनीपुलस्थित हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनामा मायादेवी ४ बनकसिया बस्ने २० वर्षीय रविकुमार तिवारीको मृत्यु भएको हो ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ न.को टिपरले लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु ३९ प ५३१४ नको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका तिवारीको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा सवा १० बजेतिर मृत्यु भएको हो ।

टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस