विश्व/प्रवास

सैनिक ‘कू’ को शिकार बनेकी नेतृ आङ सान सूकीविरुद्ध प्रहरीले मुद्दा चलायो

aan san suki

२१ माघ, काठमाडौं । सैनिक ‘कु’ को शिकार बनेकी नेतृ आङ सान सुकीविरुद्ध म्यान्मारको प्रहरीले मुद्दा चलाएको छ ।

आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । समाचार एजेन्सी रोयटर्सले बुधबार फेला पारेको प्रहरी दस्तावेजअनुसा सुकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएको छ ।

राजधानी नेपिदोस्थित प्रहरी स्टेशनबाट प्राप्त दस्तावेजअनुसार सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् । यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ ।

अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *