समाचार

सिरहामा दुई वर्षीय बालक बेपत्ता, अपहरणको आशङ्का

ishant yadav

२१ माघ, सिरहा । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिइन् ।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उनले आशङ्का गरे । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *