समाचार

जनता आवास कार्यक्रम चिन्ताजनक : मन्त्री साह

Prabhu saha

२१ माघ, काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताएका छन् । शहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रियामा मन्त्री साहले जनता आवास कार्यक्रमको अवस्था चिन्ताजनक रहेको बताएका हुन् ।

मन्त्रालयले बुधबार सातवटै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिवहरु लगायतका सरोकारवालाहरुसँग जनता आवास कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम राखेको थियो । कार्यक्रममा बोल्दै उनले जनता आवास कार्यक्रममा प्रदेश सरकारको काम गराइले निराश बनाएको बताए ।

गरिबको घर भत्काएर बनाउन वर्षौ लगाउने, कति स्थानमा घर भत्काउने तर बनाउने योजना नै नराख्ने पाइएकोले संघ सरकारले जनता आवाश कार्यक्रमको प्रभावकारितामा गम्भिर ढंगले सोच्ने बेला आएको बताए । उक्त कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने भन्दै उनले पहिले निर्माणाधिन घरहरु निर्माण सकेर नयाँ योजनाबाट काम सुरु गर्नुपर्ने बताए ।

मन्त्री साहले सरकारले दिएको पैसामा आफ्नो पैसा थप गरेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिन निर्देशन समेत दिए । मन्त्री साहले जनता आवास कार्यक्रमको निम्ति पैसाको कुनै कमि नुहने पनि स्पष्ट पारे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस