२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौंको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौं–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो ।
आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए । उनका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस