समाचार

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

corona

२२ माघ, काठमाडौं । नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन् । पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ ।

बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन् ।

एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन । डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस