समाचार

दाङमा प्रचण्ड–माधव समूहको आमहड्तालले यातायात ठप्प

dang ghorahi

२२ माघ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव दाङ र आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ ।

आमहड्तालको प्रभाव दाङ र त्यस आसपासका जिल्लाहरुमा बिहानैदेखि परेको छ । जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन् ।

जिल्लाका प्रमुख बजार घोराही, लमही, तुलसीपुर पनि बन्द नै छन् । उद्योग कलकारखाना सबै बन्द छन् ।

आमहड्तालको पूर्व सन्ध्यामा बुधबार बेलुका प्रचण्ड-नेपाल समूहले जिल्लाका बिभिन्न शहरमा राँके जुलुस पर्दशन गर्दै कडा खाले बन्दको चेतावनी दिएकाले  सर्वसाधारण त्रास फैलिएको छ ।

उक्त समूहका जिल्लास्थित नेताले विज्ञप्ति नै जारी गरेर बन्द सफल पार्न आह्वान गरेका थिए । जिल्लामा क्रियाशिल नागरिक समाज र अधिकारकर्मीले भने बन्दको बिरोध गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस