समाचार

हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो : प्रचण्ड–माधव पक्ष

taxi aagjani

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ ।

सो समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

संयोजक दिपशिखाले जलेको ट्याक्सीको तस्बिर पोस्ट गर्दै भनेका छन्, ‘यो आयोजकका तर्फबाट गरिएको होईन । आगजनि वा तोडफोड गर्ने कुनै नीति नरहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना !’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस