२२ माघ, सुर्खेत । सुर्खेतमा हड्तालमा उत्रिएको प्रचण्ड–नेपाल समूह उग्र बन्न थालेको छ । नेतृत्वकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको बताए पनि युवा समूह भने उग्र बन्दै गएको छ ।
आन्दोलनमा सहभागीले साढे ९ बजेतिर मोटरसाइकल चलाइरहेका मानिसलाई थुतेर कुटपिट गरेका छन् । बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई थुतेर कुटपिट गरेका हुन् ।
दैलेखको भैरवी गाउँपालिका–१, जोरासिंह विष्टलाई आन्दालनकारीहरुले कुटपिट गरि घाइते बनाएका हुन् । उनको मुख, हात र ढाडमा चोट लागेको छ भने विष्टले लगाएको ज्याकेट समेत च्यातिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न आन्दोलनकारीको खोजी भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस