बैँक / वित्त

भर्खरै आइपिओ जारी गरेको इन्फ्रास्टक्चर बैंकको नाफा घट्यो

infra

२२ माघ, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा घटेको छ । अधिल्लो वर्ष यसै अवधिमा बैंकले ४० करोड २७ लाख मुनाफा गरेको थियो । अधिल्लो वर्षकाे तुलनामा बैंकको मुनाफा १२.४५ पप्रतिशतले घटेको हो । बैंकले पुष मसान्तसम्म ३५ करोड २२ लाख मुनाफा गरेको छ ।

यो अवधिमा बैंकको ब्याज मुनाफा समेत घटेको छ । बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ। १२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ। यस अवधिमाबैंकको जगेडा कोषमा ४९.६६ प्रतिशत बढेको हो।

पुष मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो ।

मुनाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस