
२२ माघ, धनगढी । कैलालीको धनगढीमा ओली पक्ष पनि सडकमा आएको छ । आमहड्तालको विरोधमा सत्तारूढ नेकपा ओली पक्षका युवाले धनगढीमा प्रदर्शन सुरु गरेका हुन् ।
उनीहरुले गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यलयदेखि धनगढी चौराहसम्म र्याली र नाराबाजी गर्दै अघि बढेका थिए ।
यता, प्रचण्ड–नेपाल समूहको नेकपाका कार्यकर्ता महडताल सफल पार्न ठाउँठाउँमा उपस्थित छन् । दुबै समूहका कार्यकर्ता सडकमा आएपछि झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
धनगढीमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस