विश्व/प्रवास

अफगानिस्तानमा सेनाको कारबाही, १५ तालिवान लडाकू मारिए

attack in Afghanistan

२२ माघ, काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तिमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।

कारबाहीमा अरु तीन जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ । मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकल सहित हातहतियार बरामद भएको जनाएको छ ।

सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर विद्रोहीहरुले सरकारका खासखास स्थान र व्यक्तिमाथि सांघातिक आक्रमण गरिरहेका छन् । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस