समाचार

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

jha

२२ माघ, जनकपुर । पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आमहड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

झडपका क्रममा प्रचण्ड–माधव पक्षका नेता रामचन्द्र झा घाइते भएका छन् । नेता झाको टाउकोमा चोट लागेको छ । पूर्वमन्त्री समेत रहेका नेता झाको टाउकोमा चोट लागेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले ९ जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस