अटो

जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’अभियानमा अनिल प्रधानले जिते स्कुटर

tvs viber

२२ माघ, काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘डाउनलोड एन्ड विन’ अभियानको विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बन्न सफल भएका छन् ।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बन्‍न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन् ।

भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने, ‘हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टीभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं । हामीले यस अभियान भरीनै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन् । हामी आगामी दिनमा टीभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं ।’

जगदम्बा मोटर्सका जनरल म्यानेजर तथा सेल्स एन्ड बिजनेश डेभलपमेन्टका दीपकप्रसाद रौनियाले यो ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जीवनमा रमाइलो र उत्साह प्रदान गर्न टीभीएससँग सहकार्य गरेकोमा राकुटेन भाइवर प्रति आभारी रहेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *